युक्रेनी आक्रमणपछि दबाब सामना गर्दैछ रुस

लोकपथ
105
Shares
{“caption”:”u0930u0941u0938u0940 u0930u093eu0937u094du091fu094du0930u092au0924u093f u092du094du0932u093eu0926u093fu092eu093fu0930 u092au0941u091fu093fu0928 u0930 u092fu0941u0915u094du0930u0947u0928u0940 u0930u093eu0937u094du091fu094du0930u092au0924u093f u092du094bu0932u094bu0926u093fu092eu093fu0930 u091cu0947u0932u0947u0928u094du0938u094du0915u0940 u0964″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । युक्रेनमा रुसी सेनाका नयाँ कमाण्डरले मस्कोले केही हप्ताअघि मात्रै कब्जा गरेको दाबी गरेको दक्षिणी र पूर्वी क्षेत्रहरू पुनः प्राप्त गर्न युक्रेनी आक्रमणबाट दबाब सामना गर्नु परेको स्वीकार गरेका छन् ।

युक्रेन आक्रमणको आठ महिनापछि रुसी सेनाका कमाण्डरले यस्तो स्वीकार गरेका हुन् । क्रेमलिनद्वारा स्थापित रणनीतिक दक्षिणी क्षेत्र खेरसनका प्रमुखले मंगलबार डिनिप्रो नदीका चार शहरहरूबाट नागरिकहरूको ‘संगठित, क्रमिक विस्थापन’, घोषणा गरे ।

खेरसनमा रुसी सेनाहरू पछिल्ला केही हप्ताहरूमा २० देखि ३० किलोमिटर पछाडि धकेलिएका छन् ।

पछिल्ला समयमा सेन्य अपरेसनको स्थिति तनावपूर्ण भएको रुसले जनाएको छ । ‘विशेष सैन्य अपरेसन’को क्षेत्रको स्थिति तनावपूर्ण रूपमा वर्णन गर्न सकिन्छ’, रूसी वायुसेना जनरल सर्गेई सुरोविकिनले भने । युक्रेन र रुस दुवैले नागरिकलाई निशाना बनाएको अस्वीकार गर्दै आएका छन्, यद्यपि किभले मस्कोका सेनामाथि युद्ध अपराध गरेको आरोप लगाएका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?