काठमाडौं । रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिज्जिया क्षेत्रमा ‘मार्शल ल’ लागू गरेको घोषणा गरेको छ ।
मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौँदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् । ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने भएको छ ।
त्यसअघि रुसी पुटिनले सुरक्षा परिषदको बैठकलाई सम्बोधन गरेका थिए । बैठकलाई सम्बोधन गर्दै ७० वर्षीय पुटिनले युक्रेन सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाए । पुटिनले युक्रेनले अतिवादी तरिका अप्नाएको आरोपसमेत लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया