काठमाडौं । सत्तारूढ सेना विरुद्ध प्रदर्शनका क्रममा चाडको राजधानीमा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा बिहीबार पाँच जनाको मृत्यु भएको छ ।
सेनाले शुरुमा सत्ता हस्तान्तरण गर्ने वाचा गरेको मिति स्मरण गर्दै प्रदर्शनकारी व्यापक प्रदर्शनमा निस्किएका थिए ।
एएफपी संवाददाताले शहरको युनियन चागौवा अस्पतालको भुइँमा पाँचवटा शव देखेको र तीमध्ये दुईवटा चाडियन राष्ट्रिय झण्डाले ढाकिएको र तीनवटा रगतले लतपतिएको सेतो चादरले ढाकिएको अवस्थामा देखेको बताएका छन्।
अस्पतालका प्रमुख चिकित्सक जोसेफ एम्पिलले एएफपीसँग कुरा गर्दै पाँच व्यक्ति ूगोलीबाट मारिएको पुष्टि गरेका थिए।
शहरका केही भागहरूमा कालो धुवाँको मुस्लोको दृष्य र अश्रुग्यास ग्रेनेडको क्र्याक आवाज सुनिएको पत्रकारले उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया