नासा सेक्यूरिटिज मार्फत मार्जिन कारोबार सुविधा सुरु

लोकपथ
35
Shares

काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेड स्टक ब्रोकर नम्बर (५८) ले नेपालमै पहिलोपटक लगानिकर्ताले सेयर ब्रोकर बाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन कारोबार सुविधा प्रदान गर्न सुरु गरेको छ । नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानिकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्यूरिटिज पहिलो ब्रोकर कम्पनी हो ।

नासा सेक्यूरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ वमोजिम लगानीकर्ताहरुका लागि दुई प्रकारका योजनाहरु ल्याएको छ । पहिलो योजना अन्र्तगत १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोवार सुरु गर्न सक्नेछन् । सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइने छ र यसमा सेवा शुल्क र व्याजसहित जम्मा शुल्क नौ हजार नौ सय ९९ रुपैयाँ मात्र लाग्नेछ ।

दोस्रो योजना १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र व्याज सहित जम्मा शुल्क २१ हजार ५८ रुपैयाँ मात्र लाग्ने छ । यी सुबिधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रहि कारोबार गर्नुपर्ने बताइएको छ । कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने छ ।

यस कम्पनीसँग हाल उपलब्ध स्रोत धेरै भन्दा धेरै लगानीकर्ताहरुलाई सेवा प्रदान गर्ने उद्देश्यबाट परिचालन गरिएको छ । भविष्यमा धेरै स्रोतको जोहो गरि छिटो छरितो, गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?