काठमाडौं । अब तिहार आउन केही दिन बाँकी रहँदा बजारमा चहलपहल ह्वात्तै बढेको छ ।
काठमाडौंको मुख्य बजार असन, इन्द्रचोकमा किनमेल र घुमघाम गर्ने सर्वसाधारणको घुइाचो लागेको छ ।
त्यसो त व्यापारीहरुलाई तिहारको लागि आवश्यक दियो, पाला, झिलिमिलि बत्ती लगायत लत्ताकपडा समेत बेच्न भ्याइनभ्याइ देखिन्छ ।
यसअघिका तिहारमा कोरोना महामारीका कारण धेरै घुइँचो हुने गरेको थिएन । तर हाल कोरोना महामारीको जोखिम कम हुँदै गएको अवस्था रहेको कारण मानिसहरुको भीडभाड र चहलपहल बढिरहेको हो ।
तस्बिर र भिडियो : विप्लव जमकटेल र अभिषेक लम्साल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया