लोकपथ टप फिप्टिन : हेर्नुहोस् दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
35
Shares

चुनावी मैदानमा होमिएका उम्मेदवारमाथि निर्वाचन आयोगले निगरानी बढाइरहेको छ । कसैसँग स्पष्टीकरण त कतै कारवाहीका लागि पत्राचारसमेत गरिरहेको छ ।

आफ्नो उम्मेदवारी सदर गराउन माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका राजु गुरुङ बने निराश ।

१. पूर्वप्रधानमन्त्रीसहित मन्त्रीहरु र राजनीतिक दलका नेता कार्यकर्ताद्वारा निर्वाचन आचारसंहिता उल्लंघन गरेकोप्रति कठोर बन्दै आयोग, स्पष्टीकरण सोध्दा हलचल मच्चिएकाले कारबाही गर्दा भूकम्प आउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको टिप्पणी ।

२. रुपन्देही क्षेत्र नं २ मा गठबन्धनबाट उम्मेदवार बनेका राजु गुरुङको उम्मेदवारी खारेज गर्न सर्वोच्चको आदेश, गुरुङ विभिन्न मुद्दामा कालो सूचीमा रहेकाले अब उम्मेदवार बन्न नपाउने ।

३. राजनीतिमा हिजोका कुरा सम्झेर एकले अर्कोलाई असहयोग गर्ने स्थिति आउन नदिन प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रह, सबै दलमा केही नेताले टिकट नपाएको असन्तुष्टि रहेपनि त्यसलाई बिर्सेर गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान ।

४. आगामी मंसिर ४ गते हुने निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भनाइ । स्थिरता र समृद्धिका लागि गठबन्धनलाई विजयी गराउनुपर्ने जिकिर ।

५. आगामी निर्वाचनमा जनविरोधी शक्तिलाई पराजित गर्नुको विकल्प नभएको नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईको भनाई । प्रतिगामी शक्तिले लोकतान्त्रिक मूल्य र मान्यता उल्ट्याउन लागिपरेको आरोप ।

६. लोकतन्त्र र संविधानको रक्षाका लागि सत्ता गठबन्धनलाई बलियो बनाउनुपर्ने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाई÷ प्रतिगमन शक्तिलाई पराजित गर्नुपर्ने अहिलेको मुख्य चुनौती रहेको टिप्पणी ।

७. लजको कोठामा गोप्य क्यामेरा राखेर अश्लील भिडियो खिचेको आरोपमा काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एण्ड लजका म्यानेजर मुकेश माली पक्राउ, मोबाइलमा दर्जनौँ अन्तरङ्ग र अश्लील भिडियो फेला परेसँगै मालीको साथमा रहेको मोबाइल बरामद, ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान गर्दै ।

८. भारतमा जासुसीको आरोपमा काइ रूओ नामकी एक चिनियाँ महिला पक्राउ, पक्राउ परेकी उनीबाट डोल्मा लामा नाम लेखिएको नेपाली नागरिकता बरामद, दिल्ली प्रहरीद्वारा थप अनुसन्धान हुँदै ।

९. राष्ट्रिय मानव अधिकार आयोगद्वारा आगामी निर्वाचनबारे सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल / निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड ।

१०. नेपाल राष्ट्र बैंकद्वारा चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तिय विवरण सार्वजनिक, दुई महिनामा वैदेशीक रोजगारीमा जान श्रम स्वीकृती लिनेहरुको संख्या ७० प्रतिशतले वृद्धि, वैदेशिक लगानी भने ऋणात्मक अवस्थामा ।

११. नेपाल प्रज्ञा प्रतिष्ठानले मनायो महाकवी लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती, देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीका पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो रहेकोबारे चर्चा ।

१२. पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने, सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै निर्वाचन आयोगको ५ सदस्यीय बेञ्चद्वारा चुनाव लड्न अयोग्य घोषित ।

१३. सन् २०२२ मा विश्वव्यापी कार्बन डाइअक्साइड उत्सर्जनमा एकप्रतिशतमात्र वृद्धि हुने अन्तर्राष्ट्रिय उर्जा निकाय (आईईए)को अनुमान, तेल, ग्यास र कोइला बालेर ऊर्जाका लागि उत्सर्जन हुने कार्बनडाइअक्साइड ३३ अर्ब ८० करोड टन पुग्ने आँकलन ।

१४. अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सुपर–१२ मा पुग्ने चार टोलीको टुंगो लाग्योे, ग्रुप ‘ए’ बाट श्रीलंका र नेदरल्याण्डस, ग्रुप ‘बी’ बाट जिम्बावे र आयरल्याण्डस्ले वर्ल्ड कपको यात्रा कायम राख्दा दुई पटकको विश्व विजेता वेस्ट इन्डिज भने विश्वकप बाहिर ।

१५.र बंगलादेशले जित्यो शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको उपाधि, श्रीलंका दोस्रो स्थानमा रहँदा लिग चरणका दुई खेल गुमाएको नेपाल तेस्रो स्थानमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?