प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । शुक्रबारबाट अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएसँगै मन्त्रिपरिषदको बैठक बोलाइएको छ । 

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारआएसँगै आइतबार दिउँसो ३ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमै मन्त्रिपरिषद बैठक बोलाएको बताए ।  

शुक्रवारबाट अस्वस्थ भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही सुधार आएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई शुक्रबारबाट रुघाखोकीले च्यापेको जनाएको छ । 

प्रधानमन्त्री ओलीलाई रुघाखोकीले च्यापेका कारण शनिबार राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी हुन नसकेका थिएन । 

शनिबारको तुलनामा आइतबार प्रधानमन्त्री ओलीको स्वास्थ्य केही सुधार आएको उनको सचिवालयले जनाएको छ । 

रुघाखोकीले सताएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकले आराम गर्न सुझाव दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?