श्रीलंकाविरुद्धको टि-२० क्रिकेटमा इंग्ल्याण्ड विजयी

एजेन्सी । श्रीलंकाविरुद्धको टि-२० क्रिकेट च्याम्पियनसिपमा इंग्ल्याण्ड विजयी भएको छ । 

राजधानी कोलोम्बोलमा शनिवार भएको खेलमा इंग्ल्याण्डले श्रीलंकालाई ३० रनले पराजित गरेको हो ।  १ सय ८८ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको घरेलु टोली श्रीलंका निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनमा  समेटिएको थियो । 

श्रीलंकाको लागि कप्तान तिसेरा परेराले अर्धशतकिय पारी खेले । उनले ३१ बलमा ६ छक्का र १ चौका प्रहार गरे । त्यस्तै, श्रीलंकाका दिनेश चान्डीमलले २६ रन, कामिन्दु मेन्डिसले २४ रन तथा धनन्जय डि शिल्भाले १७ रन बनाउन बाहेक अन्य ब्याटम्यानले खासै उल्लेख योगदान दिन सकेनन् । 

इंग्ल्याण्डका लागि जो डेनलीले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । अदिल रसिदले ११ रन खर्चेर ३ विकेट लिदा क्रिस जोर्डनले २ विकेट लिन सफल भए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको  इंग्ल्याण्डले  निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । 

इंग्ल्याण्डका लागि जोसन रोएले ३६ बलमा ६ छक्का र ४ चौका प्रहार गर्दैॅ ६९ रनको योगदान दिए । बेन स्ट्रोक्सले २६ रन, मोइन अली २७ रन तथा डेनलएले २० रन जोडे । श्रीलंकाका लागि लाथिस मलिङ्गा र अमिला एपन्सोले समान २-२ विकेट हात पारे । 

यस अघि इंग्ल्याण्डले पॉच एक दिवसीय क्रिकेट श्रृंखला ३-१ ले  जितेको थियो । अब यी दुई टोलीले  दुई टेस्ट म्यान खेल्ने कार्यक्रम रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?