मुख्यमन्त्री राउतले दिए संघीय सरकारलाई धन्यवाद

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई धन्यवाद दिएका छन् । 

प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि देखाएको लचकताको स्वागत गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारलाई धन्यवाद दिएका हुन् ।

पछिल्लो समय प्रदेश प्रदेश २ मा प्रहरी ऐन ल्याएपछि संघीय सरकारबाट असहयोग भएको भन्दै राउतले आलोचना गर्दै आएका थिए । 

आइतबार प्रदेश प्रहरी कार्यालय प्रदेश नं २ ले आयोजना गरेको समुदाय प्रहरी साझेदारी कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले प्रदेशभित्रको अपराध नियन्त्रण गर्ने बताए ।

संघीय सरकारसँग सहकार्य गरी प्रदेश सरकारले अपराध न्यूनिकरणा गर्ने बताउँदै मुख्यमन्त्री राउतले भने, ‘प्रदेश प्रहरी ऐन कार्यान्वयन गराउन संघीय सरकारले ल्याउन लागेको विधेयकलाई स्वागत मसेत गर्न चाहन्छु ।’

कार्यक्रममा आन्तरिक मामिला तथा ाकनुन मन्त्री ज्ञानेन्द्र यादवले र समाजिक विकासमन्त्री नवल किशोर साहले समेत आफ्नो कुरा राखेका थिए । उनीहरुले प्रदेश सरकार समय अनुकुल सुरक्षा नीति बनाएर प्रदेश सरकार अगाडि बढेको बताउँदै महिला हिंसा न्यूनिकरण उपयोगी एप ‘हेलो सीएम’ले महिला हिंसा न्यूनिकरण हुने विश्वास समेत व्यक्त गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?