१. जनताको बलिदानबाट प्राप्त संविधान रक्षा गर्न गठबन्धन बनेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, आफूले हैसा हठौंडामा भोट हालिसकेकाले कार्यकर्ताहरुलाई पनि भोट हाल्न आग्रह ।
२. अहिलेको सरकारले न्यायालयको हुर्मत लिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, सत्ता गठबन्धनले देशको स्वाधीनता र स्वाभिमान बेच्न लागेको ओलीको भनाइ ।
३. अहिलेको निर्वाचन संग्रामको रूपमा हुन लागेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, जनयुद्ध र जनआन्दोलनपछि संविधान निर्माण भएको र अहिले गोरू गाडावालाले टाउको उठाउन खोजेको आरोप
४. बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन नयाँ जोखिम लिएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, गठबन्धनको उद्देश्य सत्ता मात्रै नभएको उल्लेख ।
५. प्रतिनिधिसभा सदस्यका लागि ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा, राजनीतिक दलतर्फ सबैभन्दा धेरै नेकपा एमालेको १४१ स्थानमा उम्मेदवारी ।
६. मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आरोप, नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिलेको सरकारको पालामा देखिएको दाबी ।
७. कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने, छुटेका बालबालिकाहरुले दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा गएर भिटामिन ‘ए’ खान सक्ने स्वास्थ्य मन्त्रालयद्वारा जानकारी ।
८. आफ्नो पार्टीले मात्र समानुपातिक पद्धतिमा सांसद पद नबेचेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको दाबी, आफ्नो पार्टीको समानुपातिक सूचीमा राखेकाहरुमाथि कसैले प्रश्न गर्न नसक्ने उल्लेख ।
९. तिहारको बेला राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले गर्यो अनुरोध, तिहार तथा छठ पर्वका लागि गाउँ जान लागेको तस्बिर तथा जानकारी सामाजिक सञ्जालमा पोष्ट नगर्न समेत आग्रह ।
१०. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ७ सय ९८ परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, ४८ जना संक्रमण मुक्त, सक्रिय संक्रमितको संख्या ७१६ पुग्यो ।
११. राष्ट्र बैंकले भोलि पुनः पाँच अर्ब ६० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्दै, ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने ।
१२. एशिया(प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावकाबीच जापान र अष्ट्रेलिया रक्षा सहयोग बढाउन सहमत, अन्तरराष्ट्रिय नियम र मापदण्डहरू उल्लङ्घन गर्ने देशहरूविरुद्ध जापान र अष्ट्रेलियाले कारबाही गर्न सहमत
१३. अफगानीस्तानको राजधानी काबुलमा अफगान सेनाद्वारा ६ आईएस लडाकू मारिए, अन्य दुई जना लडाकुहरू पक्राउ ।
१४. अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को पहिलो खेलमा न्युजल्याण्ड ८९ रनले विजयी, १७ ओभर १ बलमा अष्ट्रेलिया १ सय ११ रनमा समेटियो ।
१५. र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी, प्रतियोगिताको आयोजनाको दौरान लाखौं रुपैयाँ हिनामिना भएको नागरिक समाज कास्कीको दाबी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया