जान्नुहोस्, कति सुरक्षित छ इन्टरनेट चलाउँदा प्राइभेट ब्राउजिङ?

डाटा लिकबाट बच्नका लागि आजभोलि इन्टरनेट प्रयोगकर्ताले प्राइभेट ब्राउजर चलाउन थालेका छन् । यदि तपाईं पर्सनल कम्प्युटरका अलावा अफिस, साइबर क्याफे या पब्लिक लाइब्रेरीमा इन्टरनेट प्रयोग गर्दै हुनुहुन्छ भने यस्तो अवस्थामा प्राइभेट ब्राउजिङ गर्ने सल्लाह दिइन्छ । प्राइभेट ब्राउजिङले गर्दा नेटवर्कबाट कुनै दोस्रो कम्युटरका माध्यमबाट आफ्नो पर्सनल डाटा लीक हुने सम्भावना कम रहन्छ । गुगल क्रोम लगायत अन्य केही ब्राउजरले यस्तो मोड दिएका छन् ।

के प्राइभेट ब्राउजिङ सुरक्षित छ?

धेरैले निजी जानकारीलाई सुरक्षित गर्नका लागि प्राइभेट  ब्राउजिङ गर्दा राम्रो हुने बताउँछन् । यसले एउटा मात्र नेटवर्कको प्रयोग गर्ने गर्छ, जसका कारण दोस्रो प्रयोगकर्ताले तपाईंको एकाउन्टलाई हेर्न सक्दैनन् । तर, धेरै खतरा बाहिरी नेटवर्कबाट हुने सम्भावना हुन्छ । लोकल नेटवर्कमा भने प्राइभेट ब्राउजिङ प्रयोग गर्नु डाटा लिक हुने सम्भावना कम हुन्छ ।

मालवेयर अट्याक रोक्नका लागि बेअसर

शिकागो युनिभर्सिटीले गरेको एक अध्ययनले के देखाएको छ भने मालवेयर एट्याकका लागि प्राइभेट ब्राउजिङ खासै प्रभावकारी छैन । धेरैजसो मालवेयर तपाईंको कम्प्युटरमा पस्नासाथ कुनै न कुनै सिस्टमलाई असर पु–याउन थाल्छन् । योबाट जोगिनका लागि चाहिँ प्राइभेट ब्राउजिङले कुनै काम गर्दैन, एन्टिभाइरस नै प्रयोग गर्नुपर्ने हुन्छ ।

ब्राउसर एक्सटेन्सन हुनसक्छ घातक

कैयन् समय तपाईंको कम्प्युटरमा अरु सफ्टवयर डाउनलोड गर्दा या अन्य तरिकाले एक्सटेन्सन आउने गर्छन् । यस्ता एक्सटेन्सन ब्राउजरका लागि खतरनाक हुन सक्छ । यस्ता एक्सटेन्सनले ब्राउसरका कारण तपाईंको डाटा चोरिरहेका हुन्छन् ।

माइक्रोसफ्ट एजमा यो एक्सटेन्सन पूर्ण बन्द हुने गर्छ, तर मोजिला फायरबक्समा भने इनेबल हुने गर्छ । गुगल क्रोम, ओपेरा लगायतका ब्राउसरमा चाहिँ डिसेबल हुने गर्छ ।

भीपीएन हुन्छ धेरै सुरक्षित

सरकारी एजेन्सी र इन्टरनेट सर्भिस प्रोभाइडरले प्राइभेट ब्राउजिङका अतिरिक्त पनि नजर लुकाउन सक्छ । यस्तोमा भीपीएनको प्रयोग गर्दा तपाईंको ब्राउसरमा राखेको वेब ठेगानाका अलावा अन्य जानकारीको बारेमा केही समेत थाहा हुँदैन । यसले गर्दा ह्याकरले तपाईंको डाटा चोरी गर्न सक्दैनन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?