हिजाविरोधी प्रदर्शन अन्य देशमा पनि फैलियो, वर्लिनको ह्यालीमा १ लाख प्रदर्शनकारी सहभागी

लोकपथ
98
Shares
A protester holds a portrait of Mahsa Amini during a demonstration in support of Amini, a young Iranian woman who died after being arrested in Tehran by the Islamic Republic’s morality police, on Istiklal avenue in Istanbul on September 20, 2022. – Amini, 22, was on a visit with her family to the Iranian capital when she was detained on September 13 by the police unit responsible for enforcing Iran’s strict dress code for women, including the wearing of the headscarf in public. She was declared dead on September 16 by state television after having spent three days in a coma. (Photo by Ozan KOSE / AFP) (Photo by OZAN KOSE/AFP via Getty Images)

काठमाडौं । जर्मन प्रहरीले इरानमा जारी विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउँदै बर्लिनमा झण्डै ८० हजार इरानी र उनीहरूका समर्थकहरूले जुलुस निकालेका छन् । जर्मनीको राजधानीमा शनिबारको ¥याली इरानी डायस्पोराद्वारा आयोजित अहिलेसम्मकै सबैभन्दा ठूलो भएको मानिन्छ । युरोपभरका इरानीहरूले ‘महिला, जीवन र स्वतन्त्रता’को नारा लगाएका छन् । इरानमा हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शन छैठौं हप्तामा प्रवेश गरेको छ ।

राजधानी तेहरानमा १३ सेप्टेम्बरमा हिजाब खुकुलो लगाएको आरोपमा नैतिकतासम्बन्धी पुलिसलले पक्राउ गरेकी २२ वर्षीया महसा अमिनीको हिरासतमै मृत्यु भएको थियो । प्रहरीले उनको टाउकोमा लाठीले कुटेको पीडितका आफन्तले बताउँदै आएका छन, यद्यपि प्रहरीले यसलाई अस्विकार गर्दै युवतीलाई हृदयघात भएको जनाएको छ । उनको मृत्युको विरोध र इरानमा हिजाबविरोधी प्रदर्शनको समर्थनमा शनिबार विभिन्न देशका राजधानी सहरमा प्रदर्शन भएका छन् ।

वर्लिनको ह्यालीमा १ लाख प्रदर्शनकारी सहभागी भएको प्राप्त विवरणमा जनाइएको छ । इरानको शक्तिकाली क्रान्तिकारी गार्डविरुद्ध अझै बढी पश्चिमा प्रतिबन्ध लगाउन उनीहरूले माग गरेका थिए । पश्चिमा देशहरुले इरानी कूटनीतिज्ञहरुलाई देश निकाला गर्नु पर्ने प्रदर्शनकारीले माग गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?