काठमाडौं । हुवाई मेट २० र मेट २० प्रो नेपालमा चाडैं नै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
ट्रिपल क्यामरा भएको फोन नेपालमा पहिलो पटक सार्वजनिक गर्न लागिएको हो । प्रयोगकर्ताहरुले यो स्मार्ट फोनबाट गुणस्तरिय फोटो खिच्न मिल्न सक्नेछन् । यो फोन उच्च डक्सोमार्क स्केरमा समेत परेको छ ।
नेपाली बजारमा अहिले हुवाई मोबायलको माग बढ्दो छ । हुवाई नामै काफि छ, हुवाई मेट २० प्रो र मेट २० जसमा बिभिन्न ह्यान्ड सेट फिचर सहित तिन क्यामरा छ । पावरफुल प्रोसेसर भएको र अहिले सम्मकै लेटेस्ट भिजन भएको यो एन्डरोइड स्मार्ट फोन हो ।
हुवाई मेट २० मा डिस्पेः ६.५३ इन्च ‘आई.पी.एस्, एल.सि.डी, गोरिला ग्लास प्रर्फेक्स’ रहेको छ भने ४ र ६ जिबीको र्याम रहेको छ ।
यस फोनमा स्टोरेज १ सय २८ जिबी हुनुको साथै दुई सिम कार्ड प्रयोग सक्नेछन् । यो फोन विभिन्न रङमा उपलब्ध छ । मिडनाईट ब्लु, ट्वीलाईट र कालो रङमा उपलब्ध छन् ।
यो फोनको नेपाली मुल्य एक लाख सात हजार पाँच सय रहेको छ । त्यस्तै, हुवाई प्रो-२० मा ६.३९ इन्चको रहेको छ भने गोरिला ग्लास प्रोटेक्सन पनि छ ।
६ जिबी र्याम रहेको यो प्रो-२० फोनको स्टोरेज १ सय २८ जिबी रहेको छ । यो फोन इम्वेल्डा ग्रीन, मिड-नाईट ब्लु, ट्वीलाईट, पिङक गोल्ड र कालो रङमा उपलब्ध छन् । यो फोनको नेपाली मुल्य एक लाख ४१ हजार रुपैयाँ पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया