मकवानपुरबाट ११ किलो गाँजासहित एक युवक पक्राउ

लोकपथ
21
Shares

काठमाडौं । मकवानपुर प्रहरीले लागुपदार्थसहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बाट ११ किलो ३ सय ९० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको टोलीले ना१ज २६२७ नम्बरको मोटरसाइल र त्यसका चालकलाई जाँच गर्ने क्रममा रोशनको झोलामा लुकाइ ल्याइएको गाँजा फेला परेको हो ।

गाँजा र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?