काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधानमन्त्री बन्न लागेका ऋषी सुनकलाई बधाई दिएका छन् ।
मंगलबार प्रधानमन्त्री देउवाले सुनकलाई सामाजिक सञ्जाल मार्फत बधाइ तथा कार्यकालको शुभकामना व्यक्त गरेका हुन् ।
ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बताएका छन् ।
यसअघि निर्वाचित भएको ४५ दिनमा बेलायतको प्रधानमन्त्री पदबाट लिज ट्रसले राजीनामा दिएसँगै पुनः प्रधानमन्त्रीको चयन हुन लागेको हो ।
सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुनुहुन्छ । उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत आएको बताइएको छ ।
उनी पूर्व अर्थमन्त्री हुन् ।
I extend warm congratulations to @RishiSunak on being chosen as the Leader of the Conservative Party and the next Prime Minister of the UK.Wish him all the best for this important responsibility.I look forward to working with him to advance the longstanding Nepal-UK relationship.
— Sher Bahadur Deuba (@SherBDeuba) October 25, 2022
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया