टुबोर्गले नयाँ प्रोजेक्ट ‘ड्रिम बिग’ शुरु हुँदै

काठमाडौं। सांगीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य गर्दै आएको टुबोर्गले नयाँ प्रोजेक्ट ‘ड्रिम बिग’ शुरु गर्दैछ । 

यस अनुसार टुबोर्गले आर्बिट्ररी ग्रुपसँग सहकार्य गरी 'ओपन सेसन्स'कै नियमितताका रुपमा सांगीतिक प्रस्तुती देखाउन लागेको हो ।  टुर्बोग ओपन सेसन्स् अन्तर्गत नै  ल्याइएको ‘ड्रिम बिग प्रोजेक्ट’मा इच्छुक ब्याण्ड वा गायकले सांगीतिक प्रस्तुती दिन पाउने छन् ।

अपलोड गरिएका सबै भिडियो मध्येबाट  उत्कृष्ट १० जना गायक वा ब्याण्डहरुको छनोट हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । 

टुर्बोग ओपन सेसन्स् ‘हर्षको गीत’बाट शुरु भएको थियो । हरेक शनिबार र बुधबार बिहान ८ बजे युट्युब च्यानल,‘च्यानलआर्बिट्ररी’मा प्रदर्शन भईरहेको छ । 'ओपन सेसन्स'मा गायक मनोज कुमार केसी, बिधान श्रेष्ठ, दिपक बज्राचार्य, उदय सोताङ, स्वप्न सुमन, रोहित जोन क्षेत्री, गायिका शितल मोक्तान, श्रेया सोताङ लगायतका कलाकारहरुको गीतहरु रहेका छन्।

युट्युब म्युजिक च्यानल, च्यानल आर्बिट्ररीसँग मिलेर टुर्बोग 'ओपन सेसन्स'ले नेपाली संगीत क्षेत्रको अभाव पूरा गर्ने तथा नयाँ कलाकारहरुलाई मौका दिने उद्देश्यले सो कार्यक्रम सञ्चालनमा ल्याइएको पनि विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?