काठमाडौं । सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा १८ अर्ब ७५ करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार यही असोज मसान्तसम्ममा बैंकहरुले उक्त परिमाणमा खुद मुनाफा कमाएका हुन् । बैंकहरुले कमाएको यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ प्रतिशतले बढी हो । अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको यस्तो नाफा १७ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबै भन्दाबढी नाफा एनआईसी एशिया बैंकले कमाएको छ । गत आवको पहिलो त्रैमासमा एक अर्ब १८ करोड ६ लाख ९१ हजार ६ सय ६० रुपैयाँ खुद मुनाफा कमाएको एनआईसी एशियाले पछिल्लो अवधिमा एक अर्ब ७५ करोड ६७ लाख ७९ हजार नौ सय ३० रुपैयाँ खुद मुनाफा कमाएको छ । नविल बैंक भने एक अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाएकोमा आधारमा बढी नाफा कमाउने दोस्रो ठुलो बैंक बनेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नविलको यस्तो नाफा एक अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ रहेको थियो । यसैगरी राष्ट्रिय वाणिज्य बैंक भनेबढी नाफा कमाउने तेस्रो ठुलो बैंक बनेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब पाँच करोड ६ लाख १४ हजार रुपैयाँ खुद मुनाफा कमाएको उक्त बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने एक अर्ब २४ करोड ६६ लाख ७८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोवल आईएमई बैंकले पनि एक अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ग्लोवलको यस्तो नाफा एक अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ रहेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब १४ करोड पाँच लाख ९७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । गत आवको पहिलो त्रैमासमा उक्त बैंकको यस्तो नाफा ९७ करोड ३७ लाख ९५ हजार रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद मुनाफा कमाएको कुमारी बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, नेपाल बैंक, हिमालयन बैंक र एभरेष्ट बैंकको खुद मुनाफा भने चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड देखि ८६ करोड २२ लाखको बीचमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यि बैंकहरुको यस्तो नाफा ४८ करोड देखि ७८ करोडको हाराहारीमा रहेको थियो ।
यि बाहेकमा हिमालयन, लक्ष्मी, मेगा, बैंक अफ काठमाडौं, प्राईम कर्मसियल, स्टान्र्डड चार्टड, सिभिल, बैंक अफ काठमाडौं, सिद्धार्थ, प्रभु, माछापुच्छ्रे, एनएमबी, सानिमा, एनसीसी, सेञ्चुरी, नेपाल एसबिआई र सनराईज बैंकको खुद मुनाफा भने चालु आवको पहिलो त्रैमासमा एक अर्ब रुपैयाँ भन्दा कम रहेको छ । गत आवको सोही अवधिमा पनि यि बैंकहरुको यस्तो नाफा सोही परिमाणमा रहेको थियो ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुले कमाएको खुद मुनाफा (रकम हजारमा)
क्र.स. बैंकको नाफा चालु आवको पहिलो त्रैमास गत आवको पहिलो त्रैमास
१. एनआईसी एशिया बैंक १७५६७७९.३७ ११८०६९१.६६
२. नबिल बैंक १५७१५३७ १११२२३४
३. राष्ट्रिय वाणिज्य बैंक १२४६६७८.२१ १०५०६१४.५०
४. ग्लोवल आईएमई बैंक ११८९५४५ १११२२२४
५. नेपाल इन्भेष्टमेन्ट बैंक ११४०५९७ ९७३७९५
६. कुमारी बैंक १००१४५९.३८ ५४१११९.९२
७. सिटिजन्स बैंक इन्टरनेशनल ५०१२१५.५४ ६८७३९९.७४
८. कृषि बिकास बैंक २२०९५३ ४८५३७८
९. नेपाल बैंक ६०४०९८.०५ ७५४८५५.९१
१०. हिमालयन बैंक ५३२४७५.८६ ४५२८५३.१०
११. एभरेष्ट बैंक ८६२२३७ ५७६६७३
१२. लक्ष्मी बैंक ५०३४७२ ५५२८७०
१३. मेगा बैंक ५०९१६९.२७ ९१४६८६.६८
१४. बैंक अफ काठमाडौ २८०६१५.३० २५३४७७.३४
१५. प्राईम कर्मसियल बैंक ८७४१७०.३९ ९७७९३४.६२
१६. स्टान्र्डड चार्टड बैंक ८११३९७ ४८१८४७
१७. सिभिल बैंक ४१५०९१ २९१८४९
१८. सिद्धार्थ बैंक ४९८२५०.३१ ९४८७३१.०३
१९. प्रभु बैंक ७०५००६ ६३६३२१
२०. माछापुच्छ्रे बैंक ४५११८३.४४ ५६१५३६.६१
२१. एनएमबी बैंक ९०४१३४ १०४४४३७
२२. सानिमा बैंक ५४८२२०.२५ ५६७८६०.४६
२३. एनसीसी बैंक ५१६८३६.१६ ५१८०६७.८९
२४. सेञ्चुरी कर्मसियल बैंक ३१८५१५ २७२४७६
२५. नेपाल एसबिआई बैंक ६२७३५७.८० ३७२९९१.२६
२६. सनराईज बैंक १६५८२७.७८ ४३०७१६.०५
कुल १८७५०००० १७७०००००
(श्रोतः सम्वन्धीत बैंकहरुको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया