१. आज यमपञ्चकको चौँथो दिन अर्थात् गोरु र गोवद्र्धन पूजा, आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई पूजा गरीयो, नेवारी समुदायले भने म्हः पूजा र नेपाल सम्वत मनाउँदै ।
२. निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहित निर्वाचनका लागि सबै प्रबन्ध मिलाइसकिएको प्रधानमन्त्री शेर बहादुर देउवाको भनाइ, व्यक्तिभन्दा सामाजिक भूमिका र राष्ट्रिय हितलाई आत्मसात गरी अघि बढ्न सक्नुपर्नेमा जोड ।
३. आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेले एक्लैले बहुमत ल्याउने उपाध्यक्ष विष्णु पौडेलको दाबी, अन्य सहयात्री दलहरूको सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने भनाइ ।
४. निर्वाचन आयोगले सामाजिक सञ्जालमा झुठा पेज र ग्रुप बनाएर दलका नेताविरूद्ध भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने बताएपछि नेता भिम रावलले गरे टिप्पणी, शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला ? भन्दै आयोगलाई गरे प्रश्न ।
५. बेलायतको भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र बेलायतको तल्लो सदन हाउस अफ कमनका सभामुख सर लिण्डसे होयलबीच भेटवार्ता, भेटवार्तामा नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक सम्बन्धका विविध विषयमा छलफल ।
६. तिहारका लागि भारतबाट ३ लाख माला आयात, गत वर्षको तुलनामा यसवर्ष मालाको माग झण्डै ११ प्रतिशतले बढ्ेको फ्लोरिकल्चर एसोसिएशनद्वारा जानकारी ।
७. देशको विकास र समृद्धि बाहेक आफ्नो अरु कुनै एजेण्डा नभएको सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार ओनसरी घर्तीको प्रतिबद्धता, अझैपनि आफूहरुले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख ।
८.विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको अध्यक्ष समीक्षा बास्कोटाको भनाइ, चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर लागेको दाबी ।
९.उपल्लो डोल्पाको तीनवटा गाउँपालिकामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन, एक वर्षदेखि डिपोमा छैन चामल ।
१०.इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन ९ओएएनए० को १८औँ महासभा सम्पन्न, पाँचबुँदे घोषणापत्र जारी ।
११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको १ हजार १ सय १७ परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जना संक्रमण मुक्तहुँदा सक्रिय संक्रमितको संख्या ६४१मा आइपुग्यो ।
१२.अफ्रिकामा शरणार्थीहरु सङ्कटपूर्ण अवस्थामा रहेका र आगामी दिनमा यो सङ्ख्या थप बढ्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी, विश्वले नै यो संवेदनशील विषयमा ध्यान दिनु जरुरी रहेको संयुक्त राष्ट्रसङ्घको भनाइ ।
१३. इजिप्टको राजधानी कायरोमा मिनीबस र लरी ठक्किँदा ११ जनाको मृत्यु, ९ जना घाइते, मृतक सबै एकै परिवारका ।
१४. अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको खेलमा आयरल्याण्ड विजयी, डीएल पद्दतिको आधारमा इंग्ल्यान्ड ५ रनले पराजित ।
१५. र, च्याम्पेन्स लिगमा आज एजेक्स र लिभरपुल भिड्दै, नेपाली समय अनुसार राती १२ ४५ बजे सुरु हुने खेलमा दुवै टोली एक अर्कालाई हराउने दाउमा ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया