एजेन्सी । स्पेनी क्लब रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटगुईलाई बर्खास्त गरेको छ ।
क्लबमा आवद्ध भएको ४ महिनामा नै उनलाई रियल म्याड्रिडले बर्सास्त गरेको हो । पूर्व फ्रान्सेली कप्तान जिनेदिन जिदानको स्थानमा लोपेटगुईलाई नयाँ प्रशिक्षकका रुपमा नियुक्त गरेका थिए ।
सोमवार क्लबको प्रशिक्षणमा सहभागि भएका लोपेटगुईलाई क्लबको बोर्ड बैठकले बर्खास्त गरिएको बताइएको छ ।
गत शनिवार सम्पन्न भएको ला लिगा फुटबलमा रियल म्याड्रिड बार्सिलोनासँग ५-१ गोल अन्तरले पराजित भएको थियो । रियलले खेलेको ६ खेलमा पाँचौ हार बेहोरेको हो ।
९ पटकसम्म ला लिगा फुटबलको उपाधि जितिसकेको रियल म्याड्रिडले जारी लिगमा भने खराब प्रर्दशन गरिरहेको छ । २१ अंकका साथ बार्सिलोना लिगको शिर्ष स्थानमा छ । १४ अंक बनाएको रियल म्याड्रिड भने नवौं स्थानमा छ ।
लोपेटेगीलाई बर्खास्त गरेसँगै रियलले बी टिमका प्रशिक्षक तथा पूर्व खेलाडी सान्टियागो सालारीलाई अन्तरित प्रशिक्षक नियुक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया