१. आगामी निर्वाचनमा साझा उम्मेदवारहरुलाई विजयी गराउन सत्ता गठबन्धनको आह्वान, केही निर्वाचन क्षेत्रमा अझै हुन सकेन सहमति, सहमति नभएका ठाउँमा वार्ताका माध्यमबाट विवाद मिलाउने प्रसारमा गठबन्धन ।
२. महोत्तरीको भंगाहामा बिहीबार भएको झडपमा संलग्न पक्ष र प्रशासनबीच ८ बुँदे सहमति, धार्मिक हिंसा भड्किएको भन्दै सबै राजनीतिक दलले सामाजिक सद्भाव ¥याली निकाल्ने ।
३. आगामी निर्वाचनका लागि सामाजिक सञ्जाल नियमन गर्ने कार्यविधिबारे भ्रम फैलिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण, निर्वाचनमा मित्थ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न आयोगको आग्रह ।
४. आगामी निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टी हुने एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी, एमालेको इज्जतको लागि भए पनि राप्रपा जित्नुपर्नेमा जोड ।
५. आफू सभामुख हुँदा सुशासनको पक्षमा दृढतापूर्वक उभिएको काठमाडौं २ बाट गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीको दाबी, सभामुख हुँदा एक रुपैयाँ भ्रष्ट्राचार गरेको प्रमाण ल्याए राजनीतिबाट सन्यास लिने जिकिर ।
६. नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टिकरण, निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रलोभन पार्ने अभिव्यक्ति दिएको आरोप ।
७. आगामी निर्वाचनका लागि नेपाली कांग्रेसले भोलि घोषणापत्र सार्वजनिक गर्दै, निर्वाचनको मिति नजिकिए पनि राजनीतिक दलले अझै ल्याएनन् घोषणापत्र, एमाले भने अन्तिम तयारीमा ।
८. दार्चुलामा भारतीय पक्षले सडक निर्माणका लागि बिस्फोट गर्दा ढुंगाले लागेर ब्याँस गाउँपालिकाका १२ वर्षीय पवन महराको मृत्यु, बालकको मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरु गर्न स्थानीय प्रसाशनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुको निर्देशन ।
९. मिथिला क्षेत्रको प्रमुख चाड छठ पर्व आजबाट प्रारम्भ, बर्तालुहरुले गरे नहाय–खाय विधि, काठमाडौं लगायत देशभर छठको तयारी तीव्र, रानीपोखरीमा भने यसपाली छठ मनाउन नपाइने ।
१०. नेपालमा थप २ हजार ७ सय २८ जना डेंगु संक्रमित थपिए, हालसम्म ४६ हजार ४ सय १३ जनामा संक्रमण, साउन महिना यता ५२ जनाले गुमाए ज्यान ।
११. गठबन्धनले चुनाव नजिते देशले हार्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई, पुराना तिता मिठा त्यागेर गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह ।
१२. हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन अमेरिकाले सैन्य साझेदारी बढाउने तयारी, अमेरिकी रक्षा मन्त्रालयद्वारा जारी प्रतिवेदनमा चीनको आक्रामकता रोक्न तथा हिन्द महासागर क्षेत्रको स्वतन्त्र र खुल्ला पहुँच दिगो बनाउन भारत, जापान, दक्षिण कोरिया र अष्ट्रेलियासँग रक्षा साझेदारी अघि बढाउने उल्लेख ।
१३. पछिल्ला दिनमा दक्षिण कोरियामा कोरोना संक्रमितको संख्यामा वृद्धि, २४ घण्टामा थपिए ३५ हजार बढीमा कोरोना संक्रमण पुष्टी, यो सँगै संक्रमितको कुल संख्या २ करोड ५४ लाख ६६ हजार नौ सय ९२ पुग्यो ।
१४. मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरुद्ध नेपाली महिला क्रिकेट सम्मिलित क्यान–११ विजयी, कप्तान रुविना क्षेत्री बेलबासेले ह्याट्रिकसहित लगातार चार विकेट लिँदा एमसिसी १९ रनले पराजित ।
१५. र, वर्षाका कारण अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर १२ का दुवै खेल स्थगीत, अफगानस्थान र आयरल्याण्डस् तथा अष्ट्रेलिया र ईङल्याण्डले बाडे समान एक–एक अंक ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया