रक एण्ड रोल स्टार जेरीको निधन

लोकपथ
119
Shares

काठमाडौं । ‘रक एण्ड रोल’ स्टार जेरी ली लेविसको ८७ वर्षको उमेरमा निधन भएको छ । उनले ‘ग्रेट बल द फायर’ जस्ता गीत गाएका थिए । उनी आफ्नो आउट्रेजियस स्टाइल र व्यक्तिगत जीवनका लागि चिनिएका थिए । जेरी सन् १९५० को दशकमा लोकप्रिय थिए ।

जेरी एक रक रिबेलका रुपमा उदाएका थिए र मानिसको ध्यान आफूतिर आकर्षित गर्न सफल थिए । उनले आफूलाई ‘द किलार’को उपाधि दिएका थिए । उनको गीत वासनाले भरिएको हुन्थ्यो । उनको करियर सन् १९५८ मा सकिएको थियो । उनले १३ वर्षकी कजिनसँग् विवाह गरेका थिए । जबकी उनको यसअघि नै एक श्रीमति थिइन् ।

यो घटनापछि उनको इंग्ल्याण्डको शो रद्ध भएको थियो भने रेडियोले कालो सूचीमा राखेको थियो । जेरीले सन् १९६० को दशकमा आफूलाई कमव्याक गराए । तर उनलाई लागुऔषध र मदिराको लत लागिसकेको थियो । यही घटनाका कारण उनले कानूनी लडाई लड्नु परेको थियो ।

उनले मायरा गेल ब्राउनसँग विवाह गरेका थिए । मायराले उनीमाथि शारीरिक र मानसिक उत्पीडनको आरोप लगाएकी थिइन् । यही कारण मायराले आत्महत्याको प्रयास पनि गरेकी थिइन् ।

जेरीका गीत निकै रुचाइएका गीतमा पर्छन् । उनका गीतले दर्शकमाझ एउटा छाप नै छोडेको थियो । उनको फ्यान फलोइङ पनि धेरै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?