सोनीको आम्दानी : ६ महिनामा ३ अर्ब ५० करोड अमेरिकी डलर नाफा

जापान । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा ६ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ । 

गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका ६ महिनामा कम्पनीको खुद नाफा ३ अर्ब ५० करोड अमेरिकी डलर ‘३९९ अर्ब येन’ पुगेको कम्पनीले जनाएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो । 

सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४ सय ३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ । यो गत वर्षको तुलनामा ५ दशमलब ५ प्रतिशत बढी हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?