काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इराकमा नयाँ सरकार गठन भएकामा त्यसको स्वागत गरेका छन् । एक्काइस सदस्यीय मन्त्रिपरिषद्मा तीन जना महिला नियुक्त भएकामा त्यसको पनि उनले स्वागत गरेका महासचिवका प्रवक्ताले बताएका छन् ।
महासचिव गुटरेसले नयाँ सरकारलाई सुधार, जवाफदेही र समुज्ज्वल भविष्यका लामो समयदेखि इराकी जनताले गरेका अपेक्षा पूरा गर्न आग्रह गरेको बताउँदै प्रवक्ता स्टेफेन डृुजारिकले नववठित सरकार र इराकी जनतालाई सहयोग गर्न राष्ट्रसङ्घ पूर्ण प्रतिबद्ध रहेको महासचिवले बताएका जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया