धादिङको ‘दशैंखर्च’ काण्डमा बोले प्रदेश ३ का मन्त्री

धादिङ– धादिङमा सञ्चालित क्रसर र बालुवा खानी सञ्चालकबाट स्थानीय नेतादेखि पत्रकारसम्मले दशैं खर्च लिएको भन्दै सामाजिक सञ्चालमार्फत बाहिर आएको विषय आधारहीन भएको प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले बताएका छन् ।

सो प्रकरणमा कतिपयले नेकपाका नेता समेत रहेका जम्कटेलको नाम समेत जोडेर प्रचार गरेका थिए ।

आफूलाई फसाउन षड्यन्त्रका साथ नियोजित रुपमा केही व्यक्तिहरुले हुँदै नभएको आरोप लगाएको भन्दै जम्कटेलले आफू चुप लागेर नबस्ने बताएका छन् ।

आफू क्रसर र बालुवाखानीलाई मापदण्डअनुरुप सञ्चालन गराउने अभियानमा लागिरहेको बेला दशैं खर्च लिएको भन्दै गरिएको गलत प्रचार राजनीतिक उद्देश्यले प्रेरित रहेको पनि उनको दाबी छ ।

उनले आफ्नो चरित्र हत्या गर्नेलाई कानुनी कारवाही गरेरै छाड्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?