भोजपुर । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् भोजपुर प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रदेश नम्बर १ को मुख्यमन्त्री हुँदा भोजपुर जिल्लामा गरेका कामहरु समेटेर श्वेत पत्र सार्वजनिक गरेका छन् ।
आज भोजपुरको हतुवागढी, घोरेटारमा एक कार्यक्रमको आयोजना गरेर उक्त श्वेत पत्र सार्वजनिक गरेका हुन । तीन वर्ष छ महिना सात दिन प्रदेश नम्बकर १ को संस्थापक मुख्यमन्त्री रहँदा राईले आफ्नो गृह जिल्ला भोजपुरको विकास निर्माणका गरेका कामहरु श्वेतपत्रमा उल्लेख गरेको बताए ।
श्वेतपत्रमा सडक, पुल, खानेपानी, सिचाइ, भवन, पर्यटन, शिक्षा, खेलकुदलगायतका कार्यक्रमहरु र बजेटसमेत समावेश गरेर सार्वजनिक गरिएको छ । राई २०७४ फागुन २ गते प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त भएका थिए । २०७८ भदौ १० गते राईले राजिनामा दिँदै एमालेकै नेता भीम प्रसाद आचार्यलाई सत्ता हस्तान्तरण गरेका थिए ।
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा राई नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । त्यस्तै प्रदेश सभा तर्फ प्रदेश सभा क्षेत्र नम्बर १ मा हरिबहादुर राई र २ मा खड्गबहादुर (प्रेम) कार्की उम्मेदवार रहेका छन् ।
श्वेत पत्रको विवरण :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया