प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधार हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाथ्यमा थप सुधार भएको छ । 

बुधबार बिहान प्रस विज्ञप्ति जारी गर्दै शिक्षण अस्पतलाका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले उनको स्वास्थ्यमा सुधार भएको बताएका हुन् । 

आज बिहान गरिएको रगत परिक्षण तथा छाती एक्स रे आदीको रिपोर्टहरु सकरात्मक रहेको र स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको छातिमा संक्रमण र शरिरमा चिनीको मात्र असन्तुलित देखिएपछि सोमबार बिहान अस्पतालमा भर्ना गरिएको थियो । 

प्रधानमन्त्री ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।

त्यस्तै मंगलवार विज्ञप्ति जारी गर्दै शिक्षण अस्पतालले प्रधानमन्त्री ओलीलाई भेट्न प्रतिबन्धन लगाएको थियो । 

उनलाई भेट्न आउने सुभेच्छुकलाई विशेष अनुरोध गर्दै भेटघाटमा प्रतिबन्ध लगाएको अस्पतलाका कार्यकारी निर्देशक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै अस्पतालले यस्तो निर्णय गरेको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?