‘पीपीएल’ क्रिकेट : चितवन राइनोजद्वारा धनगढी ब्लुजलाई १ सय ९४ रनको चुनौती

पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट अन्तर्गत चितवन राइनोजले धनगढी ब्लुजलाई १ सय ९४ रनको चुनौती प्रस्तुत गरेको छ । 

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवनले राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९३ को योगफल तयार पारेको थियो । चितवनका लागि हरी शंकर साहले अर्धशतकिय पारी खेले ।

उनले ५३ रन जोड्दै पेभेलियनमा फर्किए ।  हरि र अनिलकुमार शाहले पहिलो विकेटका लागि १ सय १ रनको साझेदारी गरेका थिए । अनिल ३७ रन बनाएर आउट भएका थिए । 

स्मित पटेलले २४ रन, कप्तान पारस खड्काले १९ रन, सन्नी पटेल २६ रन तथा करण केसीले अविजित ११ रन जोडेका थिए । धनगढी ब्लुजका दिपेन्द्र सिंह ऐरी, डान लरेन्स, योगेन्द्र सिंह कार्की र मन्जित श्रेष्ठले समान एक-एक विकेट लिएका थिए । 

यसअघि भएको दुवै खेलमा चितवन ब्लुजलाई प्ले अफमा पुग्न धनगढी ब्लुजलाई हराउनै पर्ने दवाव छ ।  चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० रनले, दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको थियो ।

चितवनले अहिलेसम्म अंकको खाता नै खोल्न सकेको छैन । 

एक खेलमा जित र  एक खेलमा हार बेहोरेको धनगढी ब्लुजले २ अंक जोडेको छ । धनगढी पहिलो खेलमा काठमाडौं रोयल्ससँग १७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा विराटनगर टाईटन्सलाई ७८ रनले पाखा लगाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?