एजेन्सी । चेल्सीका सहायक प्रशिक्षक मार्को लान्नीलाई फुटबल संघ ‘एफए’ले ६ हजार पाउण्डको जरिवाना सुनाएको छ ।
‘एफए’ले जारी प्रिमियर लिग अन्तर्गत गत साता म्यानचेस्टर युनाइटेड र चेल्सीबीचको खेल २–२ गोलको सकिएपछि उनले म्यान्युको बक्समा गएर खुशीयाली मनाएको भन्दै सो जरिवाना सुनाएको हो ।
घरेलु मैदान क्याम्प नाउमा भएको खेलको अन्तिम समयमा चेल्सी लागि रोज बार्क ली ले गोल गरेपछि प्रशिक्षक मार्कोले म्यान्युको बक्समा गएर खुशीयाली मनाएका थिए । उनले म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे मौरिन्होतर्फ इंगित गर्दै गोलको खुशीयाली मनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया