निर्वाचनमा मत कसरी हाल्ने ?

लोकपथ
35
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा मतदाताको सहजिकरणका लागि निर्वाचन आयोगले मतदान गर्ने तरिका सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा सदस्य पदका प्रत्यक्ष र समानुपातिक पदका उम्मेदवारहरुलाई मतदान गर्दा मत बदर नहोस भन्ने हेतुले आयोगले मतदान गर्ने तरिका सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको मतदान गर्ने तरिकाको पहिलो नम्बरमा मतदाता नामावलीमा नाम रुजु गराउन भनिएको छ । नाम रुजु गराइसकेपछि बायाँ हातको बुढी औलाको नङ र मासुको बीचमा पर्ने गरी मसी लगाइदिन भन्ने पनि उल्लेख गरिएको छ ।

प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको पहिलो मतपत्र लिने र स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्ने। मतपत्र सही तरिकाले पट्याउने र सेतो पृष्ठभूमिमा रातो (१) लेखिएको स्टिकर भएको मतपेटिकामा मत खसाल्न भनिएको छ ।

त्यसैगरी,प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको दोस्रो मतपत्र लिने, स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्ने  र मतदान गरिसकेपछि मतपत्र सही तरिकाले पट्याउने र सेतो पृष्ठभूमिमा कालो रङले (२) लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्न भनिएको छ ।

उता, प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको लागि सेतो पृष्ठभूमिमा रातो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको पहिलो मतपत्र लिने र स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गर्न आयोगले भनेको छ । मतदान गरिसकेपछि मतपत्र सही तरिकाले पट्याउने र सेतो पृष्ठभूमिमा रातो रङले (३) लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्न भनिएको छ ।

प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीको लागि भने सेतो पृष्ठभूमिमा कालो रङको निर्वाचन चिन्ह र अन्य विवरण छापिएको दोस्रो मतपत्र लिनु र स्वस्तिक छापले कुनै एक उम्मेदवारको निर्वाचन चिन्हमा मत संकेत गरि सही तरिकाले मतपत्र पट्याएर सेतो पृष्ठभूमिमा कालो रङले (४) लेखिएको स्टिकर भएको मतपेटिकामा खसाल्न निर्वाचन आयोगले भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?