काठमाडौं । फाईनान्स कम्पनीहरुमा एक दशमलव ४२ देखि १३ दशमलव ६६ प्रतिशतसम्म कर्जा खराब देखिएको छ । सञ्चालनमा रहेका १७ वटा फाईनान्स कम्पनीहरु मध्ये हाल अर्थात यही कात्र्तिक १४ गते सोमवारसम्ममा १० वटा फाईनान्सहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा उक्त परिमाणमा कर्जा खराब देखिएको हो ।
सो अनुसार खराब कर्जा बढी हुने नेपाल फाईनान्स पहिलो स्थानमा परेको छ भने सबैभन्दा कम खराब कर्जा हुनेमा श्री इन्भेष्टमेन्ट एण्ड फाईनान्स कम्पनी परेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल फाईनान्समा १३ दशमलव ६६ प्रतिशत कर्जा खराब देखिदाँ श्री इन्भेष्टमेन्टमा एक दशमलव ४२ प्रतिशत कर्जा खराब देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा भने यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः २७ दशमलव ८३ र शुन्य दशमलव ७२ प्रतिशत रहेको थियो । गोर्खाज, बेष्ट र प्र्रोग्रेसिभ फाईनान्समा पनि पछिल्लो अवधिमा क्रमशः सात दशमलव ४२, चार दशमलव ४० र चार दशमलव २२ प्रतिशत कर्जा खराब देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः नौ दशमलव ३७, चार दशमलव पाँच र एक दशमलव ३१ प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गुहेश्वरी मर्चेन्ट, पोखरा र सेन्ट्रल फाईनान्समा भने क्रमशः दुई दशमलव ८१, दुई दशमलव ६५ र दुई दशमलव ५६ प्रतिशत कर्जा खराब देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः शुन्य दशमलव ७२, दुई दशमलव शुन्य सात र दुई दशमलव शुन्य तीन प्रतिशत रहेको थियो । मञ्जुश्री र गुडविल फाईनान्समा भने चालु आर्थिक वर्षको पछिल्लो अवधिमा क्रमशः दुई दशमलव ४४ र दुई दशमलव १५ प्रतिशत कर्जा खराब देखिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यि फाईनान्सहरुमा यस्तो कर्जाको अनुपात क्रमशः एक दशमलव ९१ र तीन दशमलव ४० प्रतिशत रहेको थियो ।
कुन फाईनान्समा खराब कर्जा कति ? (हेर्नुहोस सुचीसहित)
क्रस फाईनान्स नाफा चालु आवको पहिलो त्रैमास गत आवको पहिलो त्रैमास
१. नेपाल फाईनान्स १३.६६ २७.८३
२. गोर्खाज फाईनान्स ७.४२ ९.३७
३. बेष्ट फाईनान्स ४.४० ४.०५
४. प्रोग्रेसिभ फाईनान्स ४.२२ १.३१
५. गुहेश्वरी मर्चेन्ट फाईनान्स २.८१ ०.७२
६. पोखरा फाईनान्स २.६५ २.०७
७. सेन्ट्रल फाईनान्स २.५६ २.०३
८. मञ्जुश्री फाईनान्स २.४४ १.९१
९. गुडविल फाईनान्स २.१५ ३.४०
१०. श्री इन्भेष्टमेन्ट फाईनान्स १.४२ ०.७२
(श्रोत सम्वन्धीत फाईनान्सको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया