१०औँ यल कप ब्याडमिन्टन : सुमित र सुधाको जोडी क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । नागबहालका सुमित शाक्य र सुधा शाक्यको जोडी “१०औँ यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिता अन्तर्गत मिक्स युगलतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

शाक्य जोडीले दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडीलाई १५–२१, २१–१७ र २१–१७ को सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । 

त्यस्तै दथुलंका राजु बज्राचार्य र यस्ना डङ्गोलको जोडी पनि अन्तिम आठमा प्रवेश गरेका छन् । बज्राचार्य जोडीले भिन्छेबहालका सुजन बज्राचार्य र कृस्मा बज्राचार्यको जोडीलाई २१–११, २१–१४ ले पराजित गरे ।

भिन्छेबहालका सुजित बज्राचार्य र आकृती बज्राचार्यको जोडीले नागबहालका ससिन डङ्गोल र निष्ठा जोशीको जोडीमाथी २१–१५, २१–८ को जित निकाल्दै क्वाटरफाईनल प्रवेश गरे ।

क्वाटरफाईनल प्रवेश गर्ने क्रममा नै दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडीले ओकुबहालका कृतार्थ शाक्य र अनुष्का शाक्यको जोडीलाई २१–१२, २२–२४ र २१–१० ले, पिन्छेंका दिपेन महर्जन र ममता रुम्बाको जोडीले दथुलंका रोहित महर्जन र रोहिता शाक्यको जोडीलाई २१–१६, २१–१६ ले, नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडीले दथुलंका सन्दिप शाक्य र सब्रिना महर्जनको जोडीलाई १६–२१, २१–१४ र २१–७ ले पाखा लगाउँदै अघिल्लो चरणमा प्रवेश गरे ।

यता नागबहालका सुनिल शाक्य र लसता शाक्यको जोडीले ओकुबहालका स्वदेश शाक्य र अनुशा शाक्यको जोडीलाई २१–१४, २१–१४ ले तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले पिन्छेंका रुशल महर्जन र हसना महर्जनको जोडीलाई २१–१२, २१–१४ ले पाखा लगाउँदै अन्तिम आठको यात्रा तय गरे । 

पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ भिन्छेंबहालका मनिष वीर बज्राचार्य र सुजित बज्राचार्यको जोडी नागबहालका सुदिम शाक्य र प्रविन शाक्यको जोडीलाई २१–१९, २१–१४ ले पराजित गर्दै प्रि-क्वाटरफाइनको स्थान बनाउन सफल भए ।

यसैगरि हखाका रुकेश शाक्य र सुनिल महर्जनको जोडी ओकुबहालका दिपेश शाक्य र सन्त डङ्गोललाई २२–२०, २१–१९ ले तथा दथुलंका रत्नकाजी बज्राचार्य र संदीप शाक्यले गुईटोलका किरण महर्जन र ज्ञानेन्द्र महर्जनलाई २१–१९, २१–१८ ले पाखा लगाउँदै अन्तिम १६ मा स्थान बनाए ।

प्रि-क्वाटरफाइनलमा स्थान बनाउने क्रममा प्रयागापोखरीका सुनिल बाराही र पूर्ण बहादुर चित्रकारले नागबहालका विभुषण शाक्य र सन्त शाक्यलाई २१–१९, २१–९, दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनले दथुलंका सन्नी डङ्गोल र सचिन डङ्गोललाई २१–१३, २१–१९ ले पाखा लगाउँदै अघिल्लो चरणमा प्रवेश गरे ।

ओकुबहालका कृतार्थ शाक्य र राजीव शाक्यले दथुलंका शैलेन्द्र डङ्गोल र राजेश महर्जनलाई २१–७, २१–९, पिन्छेंका सुशिल महर्जन र दिपेन महर्जनले भुबहालका बाबुराजा बज्राचार्य र उमङ्ग बज्राचार्यलाई १७–२१, २१–८, २१–१९ ले तथा नागबहालका सनिल शाक्य र सुमन शाक्यले प्रयागपोखरीका बिक्रम महर्जन र मिलन मजर्हनलाई २१–१२, २१–९ ले पराजित गर्न सफल भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?