गणेशमानसिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै

लोकपथ
35
Shares

काठमाडौं । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ यही कात्तिक १९ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ । कमिटीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

एक सातासम्म चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए । प्रतियोगिताअन्तर्गत टेनिसको महिला पुरुष विजेताले ८० हजार, रुपैयाँ दोस्रोले ४० हजार रुपैयाँ र तेस्रोले २० हजार रुपैयाँ पाउने भएका छन् ।

महिला पुरुष डबल्सको विजेताले ४० हजार रुपैयाँ, उपविजेताले २० हजार रुपैयाँ र तेस्रोले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमश ४० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ, पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र पाँच हजार रुपैयाँ पाउनेछन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले क्रमशः ३० हजार रुपैयाँ, १५ हजार रुपैयाँ र पाँच हजार रुपैयाँ, ४५ वर्षमाथि डबल्सकाले क्रमशः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । पुरुष ५५ वर्षमाथिका एकलले क्रमशः २० हजार रुपैयाँ, १० हजार रुपैयाँ र पाँच हजार रुपैयाँ, ५५ वर्षमाथि डबल्सले क्रमशः १५ हजार रुपैयाँ, आठ हजार रुपैयाँ र पाँच हजार रुपैयाँ र ६५ वर्षमाथिका शीर्ष तीनले क्रमशः १५ हजार रुपैयाँ, सात हजार पाँच रुपैयाँ र पाँच हजार रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?