पश्चिमी वायुको प्रभावले कहाँ–कहाँ हुनसक्छ वर्षा ?

लोकपथ
28
Shares

काठमाडौं । मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भभागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने आकलन गरिएको छ ।

राति प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली बदलीको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?