यस्तो छ अाजका लागि तोकिएको विदेशी मुद्राको सटही दर

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि १ अमेरिकी डलरको खरिददर ११७ रूपैयाँ ३ पैसा र बिक्रीदर ११८ रूपैयाँ ६३ पैसा तोकेको छ ।

युरो १ को खरिददर १३३ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६७ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५० रूपैयाँ ८० पैसा र बिक्रीदर १५१ रूपैयाँ ५७ पैसा, अस्ट्रेलियन डलर १ को खरिददर ८३ रूपैयाँ ८४ पैसा र बिक्रीदर ८४ रूपैयाँ २६ पैसा तोकिएको छ । 

यस्तै, जापानी यन १० को खरिददर १० रूपैयाँ ४४ पैसा र बिक्रीदर १० रूपैयाँ ४९ पैसा, चिनिया युआन १ को खरिददर १६ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७ रूपैयाँ १ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३१ रूपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

कतारी रियाल १ को खरिददर ३२ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३२ रूपैयाँ ५८ पैसा, युएर्इ दिहराम १ को खरिददर ३२ रूपैयाँ १३ पैसा र बिक्रीदर ३२ रूपैयाँ ३० पैसा, मलेसियन रिंगेट १ को खरिददर २८ रूपैयाँ २१ पैसा र बिक्रीदर २८ रूपैयाँ ३५ पैसा कायम भएको छ । 

यसैगरि, दक्षिण कोरियाली वन १०० को खरिददर १० रूपैयाँ ३६ पैसा र बिक्रीदर १० रूपैयाँ ४१ पैसा, कुवेती दिनार १ को खरिददर ३८८ रूपैयाँ ४४ पैसा तथा बिक्रीदर ३९० रूपैयाँ ४२ पैसा र बहरार्इन दिनार १ को खरिददर ३१३ रूपैयाँ ७ पैसा तथा बिक्रीदर ३१४ रूपैयाँ ६६ पैसा तोकिएको छ।

वर्तमान व्यवस्थाअनुसार बैंकहरूले तोकेको खुलाबजार विनिमयदर भने फरक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?