मध्य भोटेकोशी जलविधुतको अार्इपीअो कात्तिक २८ गते खुल्ने

काठमाडाैं : सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन १०२ मेगावाटको भोटेकोशी जलविधुत अायोजनाले कात्तिक २८ गतेदेखि अार्इपीअो जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी र सञ्चयकर्ता एवं संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लाग १ करोड ४४ लाख कित्ता अार्इपीअो बेच्न लागेको हो । 

सञ्चयकर्ताहरूले कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म भोटेकोशीको अार्इपीअोमा अावेदन दिन सक्नेछन् । तर, २०६८ मंसिर २२ गतेभित्र कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता बनिसकेको र २०७५ अासोज २९ गतेभित्र कायम रहेकाले मात्र यो अार्इपीअोमा अावेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । संस्थापक शेयरधनी र ऋणदाता संस्थाका कर्मचारीले मंसिर १८ देखि २६ गतेसम्म अावेदन दिन पाउने छन् । 

सञ्चयकर्ता र शेयरधनी  संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम ५०० कित्तासम्म अावेदन दिन पाउने छन् । यस्तै, सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम १२ सय कित्तासम्म अावेदन दिन पाउने कम्पनीले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । 

लगानीकर्ताले अनिवार्य रूपमा सी-अास्वा दिने बैंक तथा वित्तीय संस्थाबाट मात्र भोटेकोशीको शेयर भर्न सक्नेछन् । यस्तै, शेयर भर्दा कर्मचारी परिचयपत्र र सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । साथै, अावेदकको सीअारएन र डिम्याट खाता पनि अनिवार्य गरिएको छ । 

दोस्रो चरणमा कम्पनीले अायोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीयबासीका लागि ६० करोड रूपैयाँको अार्इपीअो जारी गर्नेछ । त्यसपछि मात्रै तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रूपैयाँको अार्इपीअो खुला गर्ने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?