प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, आजै डिस्चार्ज हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप सुधार भएको छ । 

बिहीवार बिहान प्रस विज्ञप्ति जारी गर्दै शिक्षण अस्पतलाका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको बताएका हुन् । 

आज बिहान गरिएको रगत परिक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरु सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको रगत परिक्षण तथा छाती एक्स रे आदिको रिपोर्टहरु सामान्य रहेको र स्वास्थ्य स्थिति सन्तोषजनक रहेको कारण आजै डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको छातिमा संक्रमण र शरिरमा चिनीको मात्र असन्तुलित देखिएपछि सोमबार बिहान अस्पतालमा भर्ना गरिएको थियो । 

प्रधानमन्त्री ओलीको उपचारका लागि निजी चिकित्सक तथा मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाह, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी, क्याबिनेट चिकित्सक तथा कलेजो विशेषज्ञ डा. दिलिप शर्मा र एनेस्थेसियाका डा. सुवास आचार्य छन् ।


 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?