एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने तीन जना पक्राउ

लोकपथ
21
Shares

ललितपुर । ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नुवाकोट वेलकोटगढी नगरपालिका–३ घर भई ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, सोही महानगरपालिका–६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका–१५ भानुचोक घर भई ललितपुर महानगरपालिका–६ सुन्धारामा बस्ने ३५ वर्षीय अनिल राई रहेका छन् ।

कात्तिक ४ गते राति उनीहरुले उक्त बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरी फरार रहेका थिए । उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

हाल उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?