यू–१५ साफ फुटबल : फाइनल प्रवेशको लागि नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । चौथो संस्करणको यू–१५ साफ फुटबल च्याम्पियनसिप अन्तर्गत बिहीवार हुने सेमिफाइनल खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । 

यि दुई टिमबीचको खेल दिउँसो साढे २ बजेपछि सातदोबाटोस्थित एन्फा मैदानमा सञ्चालन हुनेछ । चिरपरिचित प्रतिद्धन्दी पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गर्ने रणनीतिका साथ नेपाल मैदानमा उत्रदैछ ।

यस अघि नै नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले नेपालको लक्ष्य फाइनल सम्म पुग्ने रहेको बताइसकेका छन् । उपाधिको दाबेदारको रुपमा हेरिएको आयोजक नेपालले अहिले सम्म यो प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन ।

दुई पटक उपविजेतामा सिमित बनेको नेपाल पहिलो पटक उपाधि जित्दै इतिहास रच्ने मनोस्थितीका साथ मैदानमा उत्रदैछन् । 

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो भने दोस्रो खेलमा  बंगलादेशसंग २–१ गोलले पराजित भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?