पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत चितवन राइनोजले लगातार दोस्रो जित हात पारेको छ ।
पोखरा रंगशालामा बिहीवार भएको पहिलो खेलमा कप्तान पारस खड्को टिम चितवन राइनोजले ज्ञानेन्द्र मल्लको टिम काठमाडौं रोयल्सलाई १३ रनले हराएर हराउँदै दोस्रो जीत निकालेको हो ।
१ सय ५० रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको काठमाडौंको पारी ९ विकेटको क्षतीमा मात्र १ सय ३६ रनमा समेटिएको थियो ।
काठमाडौंका लागि गौरव तामोरले सबैभन्दा बढी ३९ रन जोडे । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ३० रन, पवन सर्राफले २८ रन तथा जयकिशन कोल्शावालाले १८ रनको योगदान दिए । काठमाडौंका पारी ध्वस्त पार्ने क्रममा चितवनका करण केसी एक्लैले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४९ रन रनको योगफल तयार पारेको थियो ।
चितवनका लागि ओपनर ब्याट्सम्यान हरि शंकर साहले अर्धशतकिय इनिङस खेले । उनले ४९ बलमा ५ चौका र ३ छक्काको मदतमा ६० रन बनाए । जारी प्रतियोगितामा उनले बनाएको यो दोस्रो अर्धशतक पनि हो । यस अघि उनले धनगढीविरुद्ध अर्धशतकिय पारी खेलेका थिए ।
त्यस्तै स्मित पटेलले ३१ रन, अनिल कुमार साहले २७ रन, कप्तान पारस खड्काले १४ रन तथा सन्नी पटेलले १३ रन जोडे । यता काठमाडौंका लागि बसन्त रेग्मीले सर्वाधिक २ तथा नन्दन यादव र पवन सर्राफले समान १-१ विकेट लिए ।
लगातार दोस्रो जीतसँगै चितवनले प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
यो जितपछि चितवले राइनोजले ४ खेलबाट ४ अंक बनाएको छ । ४ खेल मध्ये तीन खेलमा जीत र एकमा हार बेहोरेको काठमाडौंको पनि समान ४ अंक नै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया