प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ विजयी

लोकपथ
42
Shares
{“caption”:”u0915u0930u094du0923u0932u0940 u092au094du0930u0926u0947u0936u0935u093fu0930u0941u0926u094du0927 u092cu094du092fu093eu091fu093fu0919 u0917u0930u094du0926u0948 u092au094du0930u0926u0947u0936 u0967 u0915u093e u0938u093fu0926u094du0927u093eu0928u094du0924 u0932u094bu0939u0928u0940 u0964 u0924u0938u094du092cu093fu0930 : u0939u0947u092eu0928u094du0924 u0936u094du0930u0947u0937u094du0920/u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश १ ले बागमती प्रदेशलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा प्रदेश १ ले बागमती प्रदेशलाई ६९ रनले हराउँदै विजयी भएको हो ।

प्रतियोगितामा प्रदेश १ को यो पहिलो जित हो । प्रदेश–१ ले दिएको ३०५ रनको लक्ष्य पछ्याउने क्रममा जवाफी ब्याटिङमा उत्रेको बागमतीले ४५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २३५ रनमा समेटियो । बागमतीका लागि नन्दन यादवले सर्वाधिक ४३ रन बनाए । त्यस्तै इशान पाण्डेले ३५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे ।

रामनरेश गिरीले अविजित २८ तथा दुर्गेश थापाले २६ रन बनाए । प्रतिष जिसी १२ रनमा आउट भए । प्रदेश–१ का सर्वन यादवले तीन विकेट लिए भने फिर्दोस अन्सारी, दीपक जोशी र सिद्धान्त लोहनीले समान २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको प्रदेश–१ ले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३०४ रन बनाएको थियो । प्रदेश–१ का लागि अङ्कित सुवेदीले ११० रनको शतकीय इनिङ खेले ।

उनले १३४ बलमा १२ चौका र एक छक्का प्रहार गरे ।  त्यसैगरी कप्तान सिद्धान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेले भने विवेक आनन्द मेहेताले ३० रन तथा सोनु अन्सारीले १९ रन बनाए । बागमती प्रदेशका रामनरेश गिरी एक्लैले पाँच विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ, प्रतिष जिसी र इशान पाण्डेले समान एक/एक विकेट लिए ।

यस जितसँगै समूह ‘बी’ मा रहेको प्रदेश–१ ले दुई खेलमा दुई अङ्क जोडेको छ । प्रदेश–१ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । यता बागमती प्रदेशको भने यो लगातार दोस्रो हार हो । त्यसैगरी मूलपानी क्रिकेट मैदानमा आजै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?