ठूलो दुर्घटनाबाट बच्यो कतार एयरवेज

भारत  । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पानीको ट्याँकरमा ठक्कर दिएको छ । 

कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीवार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याँकरमा ठक्कर दिएको थियो । विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो । 

अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?