‘पीपीएल’ क्रिकेट : धनगढी ब्लुजद्वारा बुटवल ब्लास्टर्ससामु १ सय ६२ रनको चुनौती

पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेट प्रतियोगिता अन्तर्गत धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई १ सय ६२ रनको चुनौती प्रस्तुत गरेको छ ।

पोखरा रंगशालामा बिहीवार भएको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६१ रनको योगफल तयार पारेको हो ।

धनगढीका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र ड्यानियल लरेन्सले अर्धशतकीय इनिङ्स खेल्दै चौथो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । उनीहरुले १ सय ८ रनको साझेदारी गरेका थिए । कप्तान दीपेन्द्र ५६ रनमा अविजित रहे भने लरेन्सले ५२ रन जोडे ।

त्यस्तै पिटर ट्रेगोले १४ रन, ओपनरद्वय सुवेन्दु पाण्डे र दीलिप नाथले समान १०-१० रन जोड्दै पेभेलियनमा फर्किए ।

बुटवल ब्लास्टसका विपीन खत्रीले २ विकेट तथा रोहन मुस्ताफा र अविनाश बोहराले समान १-१ विकेट लिन सफल भए । धनगढीले यो खेलमा जित हात पारे प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाउनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?