परिचय पत्र छपाईको काम औपचारिक रुपमा शुरु

काठमाडौं । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले विहीवारदेखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा शुरु गरेको छ ।

गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम शुरु गरिएको हो । 

पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरि १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाईको काम गरिने छ ।

तीन वर्षमा मुलुकभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य सहित केन्द्रले चालु आर्थिक वर्षमा १५, अर्को वर्ष २५ र तेश्रो वर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिक तय गरेको छ ।

पहिलो चरणमा छापिएको राष्ट्रिय परिचय पत्र वितरण यसै महिनामा गरिने लक्ष्य पनि केन्द्रले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?