काठमाडाैं । प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन अब १८ दिन मात्रै बाँकी छ । उम्मेदवारहरु यतिबेला आ-आफ्ना चुनाबी एजेण्डासहित मतदाता रिझाउन घर दैलोमा व्यस्त छन् ।
मतदातालाई आफ्ना भावी योजना सुनाउँदै आफू तर्फ आकर्षित गर्ने ध्याउन्नमा छन्, उम्मेदवारहरु । यद्यपि पटकपटक मत दिएर पनि विकासको अनुभुती गर्न नपाएका मतदातामा भने आशा भन्दा बढी निराशा देखिन थालेको छ ।
यस्तै देशकै राजधानी काठमाडौं क्षेत्र नं ७ का मतदातामा निराशा देखियो । यहाँ नेकपा एमालेका तर्फबाट नेता श्याम कुमार घिमिरे चुनावी मैदानमा छन् । उनको प्रतिष्पर्धीका रुपमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीकी नेतृ मानुसी यमी भट्टराई छिन् । नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीका धुर्व विक्रम मल्ल र स्वतन्त्र तर्फबाट रामविर मानन्धर चुनावी मैदानमा छन् ।
यीनै अनुहारमध्ये काठमाडौं–७ का मतदाताको मन कसले जित्ला ? यही विषयमा केन्द्रीत रहेर लोकपथले काठमाडौं–७ का मतदाताको मन बुझ्ने प्रयास गरेको छ ।
हेर्नुहोस् भिडियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया