मार्सल आर्ट्स टोली इन्डोनेसिया प्रस्थान

काठमाडौं । एशियाली मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली बिहीवार इन्डोनेशियाको बाली प्रस्थान गरेको छ ।

भोली ‘शुक्रवार’देखि शुरु हुने प्रतियोगिताको पुरुष ६० केजीमुनि पुकार हुमागाईं तथा ६५ केजीमुनि अजय बुढाथोकीले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा सीताराम हुमागाईं तथा व्यवस्थापकमा राजेश तामाङ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिहीवारै एक कार्यक्रमबीच बिदाइ गरे । मार्सल आगर्ट्स अर्गनाइजेसन नेपालको पहलमा टोली प्रतियोगितामा सहभागी हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?