काठमाडौं । सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ एसिसिए हुनुका साथै उनले काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हाशिल गरेका छन् ।
यस अगाडि श्रेष्ठ एनआईबिएल् क्यापिटल मार्केट्स लिमिटेड (२०१३ —२०१५) मा उच्चव्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ लिमिटेड (२०१६—२०२०) र मेगा क्यापिटल मार्केट्स लिमिटेड (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका थिए ।
श्रेष्ठसँग देश तथा विदेशमा गरी १७ वर्ष वित्तीय तथा मर्चेन्ट बैंकिङ क्षेत्रमा कार्य गरेको अनुभव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया