इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न गुटरेसको आग्रह

लोकपथ
35
Shares
Antonio Guterres, United Nations High Commissioner for Refugees (UNHCR), arrives for a news conference at the United Nations in Geneva, Switzerland December 18, 2015. REUTERS/Denis Balibouse/File photo TPX IMAGES OF THE DAY

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन्।

इथियोपियाको सरकार र त्यहाँको हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सो आग्रह गरेका हुन् ।

दक्षिण अफ्रिकाको पिर्टोरियामा गएका केही दिनदेखि इथियोपियाको सरकारका प्रतिनिधि र त्यआँको टिगरे क्षेत्रमा गएका केही वर्षदेखि हिंसा जारी राखेको विद्रोही समूहका बीचमा शान्ति वार्ता भएको थियो ।

सो वार्तापछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका बताइएको छ । सो युद्धविरामको संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले नै स्वागत गरेको छ ।संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले पनि सो क्षेत्रमा युद्धविरामको स्वागत गर्दै इथियोपियाली नागरिक र विश्व समुदायलाई यस कार्यको स्वागत गरी आवश्यक सहयोग गर्नुपर्ने बताए।

उनले टिगरे क्षेत्रमा जारी रहेको हिंसाका कारण त्यहाँको जनजीवन अत्यन्तै प्रभावित भएको भन्दै यसबाट नागरिकको शान्तिपूर्ण र स्वतन्त्रपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्न तथा देशमा शान्ति स्थापना गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

विश्व समुदायले पनि युद्ध विराम यहाँको पहिलो पाइला भएको भन्दै आगामी दिनमा यहाँ शान्ति स्थापना गर्नका लागि सबै लाग्नुपर्नेमा जोड दिएका छन् ।

बुधबार इथियोपियाली सरकार र उत्तरी इथियोपियाली टिगरे क्षेत्रका विद्रोहीका तर्फबाट तोकिएका वार्ता टोलीका तर्फबाट एक संयुक्त प्रेस विज्ञप्ति जारी गरी तत्कालका लागि युद्धविराम गर्न सहमत भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?