प्रदेशको नाम र केन्द्रको टुङ्गो छिट्टै लगाउछौँ : मन्त्री घिमिरे

मोरङ । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताएका छन् । 

सङ्खुवासभा सदरमुकाम खाँदबारीमा बिहीवार आयोजित कार्यक्रममा उनले दशैँ र तिहारजस्ता चाडपर्वले गर्दा केही ढिलाइ भएकाले मङ्सिरको दोस्रो सातादेखि शुरु हुने हिउँदे अधिवेशनले सहमतिमै प्रदेशको नाम र केन्द्र टुङ्ग्याउने बताएका हुन् ।  

“प्रदेशमा संलग्न सबै दलसँग सहमति गरेर टुङ्ग्याउने छौँ”, मन्त्री घिमिरेले भने,  “नाम र राजधानीका विषयमा बहस भइरहेको छ ।” सङ्खुवासभा प्रदेश १ को महत्वपूर्ण जिल्ला भएको चर्चा गर्दै उनले किमाथाङ्का– जोगवनी सडक जोडिएपछि प्रदेश १ लाई यसले समृद्ध बनाउने र पर्यटकीय हिसाबले पनि यो जिल्लाको महत्व बढेको छ भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?