पोखरा । जारी पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी–२० क्रिकेटमा पोखरा पल्टनले धनगढी ब्लुजलाई १ सय ४५ रनको चुनौती प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा शुक्रवार भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४४ रनको योगफल तयार पारेको थियो ।
पोखराका लागि रोहित कुमार पौडेलले ३१ रन, रबि इन्दर सिंहले २८ रन तथा आसिफ शेखले २३ रनको योगदान दिए ।
त्यस्तै कप्तान शरद भेषवाकर मात्र १४ रन बनाएर पेभेलियनमा फर्किए । मोहमद नाभिदले ११ रन, राशिद खानले अविजित १५ रनतथा बिक्रम भुसालले नटआउट ११ रन जोडे । धनगढीका लागि कमल सिंह ऐरीले १ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिन सफल भए ।
धनगढीलाई प्ले अफमा पुग्नका लागि पोखरालाई हराउनै पर्ने दवाव रहेको छ ।
४ खेलबाट ४ अंक जोडेको धनगढी पाँचौ स्थानमा छ । ३ खेलबाट ४ अंक जोडेको पोखरा दोस्रो स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया