काठमाडौं । आज शुक्रवादेखि नेपालभर दुई नेपाली चलचित्र रिलिज भएका छन् । दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्र ‘चंगाचेट’ र रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘मालिका’ प्रदर्शनमा आएका हुन् ।
डार्क कमेडी विधामा निर्माण भएको फिल्म ‘चंगाचेट’ लाई गोजीमा दाम हुने र नहुनेको कथा भनिएको छ । यो कथामा मुख्य भूमिकामा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, सुरक्षा पन्त, सन्दीप क्षेत्री, परमिता राणा, रविन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन् । यस्तै चलचित्रको कथा पैसाको समस्याले निम्त्याएको समस्यामा आधारित छ । कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने
फिल्ममा लगानी माधव वाग्ले र शर्मिला पाण्डेले गरेका हुन् । चलचित्रको गीत ‘गोजीमा दाम छैन’ ले राम्रो चर्चा कमाएको छ ।
आजैबाट रिलिज हुने चलचित्र ‘मालिका’ मा सरस्वती थापा र नर कार्कीको लगानी छ । फिल्मको कन्सेप्ट तथा कथा रेखा र कार्कीले मिलेर लेखेका हुन् । महिला हिंसा विरुद्धको कथा भनिएको यो फिल्ममा शिवम् अधिकारीको स्किृप्ट छ । चलचित्रका जाजरकोटकी १४ वर्षीय बालिका कमला ओलीले मुख्य भूमिकामा अभिनय गरेकी छिन् भने रेखा थापाको पनि फिल्ममा अभिनय छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया